रुपन्देही-४ मा सुरु भयो मतगणना

हिमाल प्रेस ५ मंसिर २०७९ १०:२९
4
SHARES
रुपन्देही-४ मा सुरु भयो मतगणना

बुटवल- रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो।

सर्वदलीय बैठकको निर्णयअनुसार बिहान साढे ९ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए।

यस क्षेत्रमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ।

यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो। कुल मतदाता १ लाख १० हजार ६६९ थिए।

प्रकाशित: ५ मंसिर २०७९ १०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 13 =