देशभर मतदान जारी (तस्बिरहरू)

हिमाल प्रेस ४ मंसिर २०७९ १३:४८
12
SHARES
देशभर मतदान जारी (तस्बिरहरू)

काठमाडौँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू मतदानमा सहभागी भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेकपा (एस) अध्यक्ष माधव नेपाल, नेकपा एमाले महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेलगायतले मतदान गरेका छन्।

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान भइरहेको छ । केही मतदान केन्द्रहरूमा बम विस्फोट र हवाई फायर पनि भएको छ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ।

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो। यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो।

 

प्रकाशित: ४ मंसिर २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =