एमाले बलियो राजनीतिक शक्ति बन्छ : महासचिव पोखरेल

हिमाल प्रेस ४ मंसिर २०७९ १०:२२
6
SHARES
एमाले बलियो राजनीतिक शक्ति बन्छ : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताएका छन्। उनले आइतबार दाङमा मतदान गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ। त्यसका लागि हामी बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ।’

पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको पनि बताए।

महासचिव पोखरेलले जनताको बीचमा जाँदा एकप्रकारको म्यान्डेट लिने र शासन गर्दा अर्को म्यान्डेटमा शासन गर्ने परिपाटी अन्त्य गरेर जनताको सार्वभौमसत्तालाई बलियो बनाउन आजको निर्वाचन महत्त्वपूर्ण हुने बताए। उनले भने, ‘हामी नेपालको संक्रमणकालीन लोकतन्त्रमा छौँ। जनताको सर्वोच्चतालाई स्थापित गर्ने विधि कसरी स्थापित गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो।’

लोकतन्त्रका आधार भनेका जनता हुन् भन्ने कुरालाई स्थापित गर्ने सामर्थ्य  एमालेसँग मात्रै रहेको बताए। उनले भने, ‘नेपालका राजनीतिक दलहरूमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ। जसले बलियो राष्ट्रिय शक्तिका रूपमा आफूलाई स्थापित गर्न चाहन्छ। मुलुकमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक छ।’ उनले आजको चुनावले मुलुकलाई स्थायित्व र विकासका लागि एमालेलाई बलियो राजनीतिक शक्तिको रुपमा उभ्याउने दाबी पनि गरे।

प्रकाशित: ४ मंसिर २०७९ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =