 
                             
                                            काठमाडौँ- बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ को टिजर सार्वजनिक भएको छ। अभिनेता खानको ५८ औं जन्मदिनको अवसरमा निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेकाे हाे।
एक मिनेट ४७ सेकेन्डको टिजरलाई ‘ड्रप १’ नाम दिइएको छ। कमेडी, ड्रामा र एक्सन जनरामा बनेको फिल्म २१ डिसेम्बरमा प्रदर्शन हुनेछ।
राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्ममा तापसी पन्नु, विक्की कौशल, दिया मिर्जा, बोमन इरानी, धर्मेन्द्र, सतीश शाह, परीक्षित साहनीलगायत कलाकारको अभिनय छ। फिल्म रेड चिल्ली इन्टरटेनमेन्ट र जियो स्टुडियोको ब्यानरमा बनेको छ।
                            प्रकाशित: १६ कार्तिक  २०८० १६:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 