साउद-ब्लिंकेन भेटवार्ता : विकास साझेदारी र बजारको पहुँचबारे छलफल

हिमाल प्रेस १४ कार्तिक २०८० १०:०३ | Tuesday, October 31, 2023
साउद-ब्लिंकेन भेटवार्ता :  विकास साझेदारी र बजारको पहुँचबारे छलफल अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसँग हात मिलाउँदै। तस्बिर : रासस

वासिङ्टन डीसी- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिंकेनबीच अमेरिकी विदेश मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ। उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा छलफल भएको थियो।

दुई देशका परराष्ट्रमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा छलफल गरेका छन्। परराष्ट्रमन्त्री साउदले उक्त अवसरमा नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औँल्याएका थिए।

मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरेका छन्। यसैगरी उनले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न पनि अमेरिकी पक्षसँग आग्रह गरेका छन्।
मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए। द्विपक्षीय वार्ताका क्रममा दुवै पक्ष एमसीसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त देखिएका थिए।

द्विपक्षीय वार्ताका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, मन्त्रालयका अधिकारी र दूतावासका प्रतिनिधिको सहभागिता थियो। साथै अमेरिकी सरकारका तर्फबाट भने अमेरिकी उपसहायकमन्त्री डोनाल्ड लु, नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसन सहभागी थिए। रासस

प्रकाशित: १४ कार्तिक २०८० १०:०३ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast