इजरायलमा मारिएका नेपाली विद्यार्थी १० जनाकै शव पहिचान

हिमाल प्रेस १३ कार्तिक २०८० २१:५२ | Monday, October 30, 2023
इजरायलमा मारिएका नेपाली विद्यार्थी १० जनाकै शव पहिचान फाइल तस्बिर

काठमाडौँ- इजरायलमा मारिएका नेपाली विद्यार्थी १० जनाकै शव पहिचान भएको छ। तेल इजरायल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आज (सोमबार) थप २ जना विद्यार्थीको शव पहिचान भएसँगै सबैको पहिचान भएको हो।

पहिचान हुने विद्यार्थीमा राजेशकुमार स्वर्णकार र आनन्द साह रहेका छन्। पहिचान भएका सबै शवहरू आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइरहेको दूतावासले जनाएको छ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरू इजरायल गएका थिए।

इजरायलमा मारिएका १० मध्ये थप तीन विद्यार्थीको शव पहिचान

इजरायलमा निधन भएका चार जनाको शव धनगढी पुर्‍याइयो

प्रकाशित: १३ कार्तिक २०८० २१:५२ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast