मधेश प्रदेशको समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

हिमाल प्रेस १३ कार्तिक २०८० १९:११ | Monday, October 30, 2023
मधेश प्रदेशको समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने जसपाको निर्णय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ।

आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा सञ्जिलाकुमारी यादवलाई चयन गरिएको हो।

बैठकमा संघीय संसद्मा पेस हुन लागेका ऐनबारे पनि छलफल भएको थियो।

प्रकाशित: १३ कार्तिक २०८० १९:११ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast