काठमाडौँ- त्रिदिवसीय टी-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो। उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए। त्यस्तै आसिफ खानले १८ रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
प्रकाशित: ६ कार्तिक २०८० १३:१७
प्रतिक्रिया