रामेछाप जिप दुर्घटना अपडेट : ११ जना घाइते, ३ को अवस्था गम्भीर

हिमाल प्रेस २ पुष २०७९ २०:२९ | Saturday, December 17, 2022
रामेछाप जिप दुर्घटना अपडेट : ११ जना घाइते, ३ को अवस्था गम्भीर सांकेतिक तस्बिर।

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार थिङले जानकारी दिए।

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँबाट उमाकुण्ड-७ भुजीतर्फ जाँदै गरेको बा. ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरो भन्ने ठाउँमा दुर्घटनामा परेको उनले बताए।

जिप कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ। घाइतेमध्ये गम्भीर बिरामीलाई हेलिकोप्टरबाट थप उपचारका लागि शनिबार नै काठमाडौँ लगिएको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २ पुष २०७९ २०:२९ | Saturday, December 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast