चीनको सहयोगमा उत्तर कोरियाबाट अमेरिकी सैनिक रिहा

हिमाल प्रेस ११ असोज २०८० २१:०० | Thursday, September 28, 2023
चीनको सहयोगमा उत्तर कोरियाबाट अमेरिकी सैनिक रिहा तस्बिर : मिलिटेरी टाइम्स

बेइजिङ- चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहाइ गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बताएको छ।

दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाइमा पक्राउ गरेको थियो।

करिब तीन महिनापछि उनी स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुगेका थिए। उनलाई बुधबार अमेरिकी राजदूत र एक वरिष्ठ सैन्य अधिकारीलाई हस्तान्तरण गरिएको चीनले बिहीबार जानकारी गराएको छ।

त्यसपछि उनी अमेरिकी सैन्य अखडामा पुगेका छन्। अमेरिका-चीन सहकार्यको दुर्लभ उदाहरण दिँदै बेइजिङले बिहीबार सहयोगको प्रस्ताव गरेको पुष्टि गरेको हो। ‘उत्तर कोरिया र अमेरिकी पक्षको अनुरोधमा चीनले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गरेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार ‘किङको रिहाईका लागि पारवहन सहजीकरण गर्न चीनले गरेको सहयोगका लागि’ धन्यवाद दिएका छन्। चीन यसअघिदेखि नै उत्तर कोरियाको सन्धि सहयोगी र मुख्य आर्थिक हितैषी रहेको छ।

तर चीनले किङको रिहाइका लागि उत्तर कोरियासँग मध्यस्थता नगरेको र संयुक्त राज्य अमेरिकाले प्योङयाङसँग युद्ध बन्दीको ‘पूर्ण समाप्ति’ भएको ठहर नगरेको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताएका छन्। रासस/एएफपी

प्रकाशित: ११ असोज २०८० २१:०० | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast