गृह मातहतका हाकिमलाई १५ मिनेट योग गर्न निर्देशन

हिमाल प्रेस १० असोज २०८० २०:०० | Wednesday, September 27, 2023
गृह मातहतका हाकिमलाई १५ मिनेट योग गर्न निर्देशन

काठमाडौँ- गृह मन्त्रालय मातहतका कर्मचारीलाई १५ मिनेट योगाभ्यास गर्न निर्देशन दिइएको छ। मन्त्रालय मातहत पर्ने महाशाखाअन्तर्गतका अधिकृतस्तरका सबै कर्मचारीहरूलाई हरेक दिन बिहान १०ः१५ बजे भित्र अनिवार्यरूपमा कम्तीमा १५ मिनेट योगाभ्यास गर्न निर्देशन दिइएको हो।

अन्य कर्मचारीहरूलाई पनि योग प्रशिक्षण प्रदान गरिसकेपछि सोहीअनुरूप योग/ध्यान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च तहसम्मका कर्मचारीरूका लागि एकदिने ध्यान विज्ञान कार्यक्रम सञ्चालन गरिएको थियो। साथै अन्य तहका कर्मचारीहरूका लागि समेत चाँडै प्रशिक्षण प्रदान गरिने योजना रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको यो निर्देशनपछि सामाजिक सञ्जालमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ। कतिले यसलाई सकारात्मक रूपमा लिएका छन् भने कतिपयले यसको आलोचना गरेका छन्।

प्रकाशित: १० असोज २०८० २०:०० | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast