इन्जिनियरिङको प्रवेश परीक्षा तत्काल सञ्चालन गर्न नेविसंघको चेतावनी

हिमाल प्रेस ८ असोज २०८० ११:३८ | Monday, September 25, 2023
इन्जिनियरिङको प्रवेश परीक्षा तत्काल सञ्चालन गर्न नेविसंघको चेतावनी

काठमाडौँ– नेपाल विद्यार्थी संघले इन्जिनियरिङको प्रवेश परीक्षा तत्काल सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानलाई चेतावनी दिएको छ। संघका अध्यक्ष दुजाङ शेर्पाले सोमबार सार्वजनिक अपिल जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

पछिल्लो समयमा देखापरेको शुल्कसम्बन्धी अन्योलका कारण संस्थानले प्रवेश परीक्षा मिति तोक्न सकेको छैन। प्रवेश परीक्षा नहुँदा इन्जिनियरिङ अध्ययनका लागि तयारीमा रहेका विद्यार्थी अन्योलमा परेका छन्।

संघको अपिलमा उल्लेख छ, ‘हाललाई न्यूनतम मात्र सन्तुलनको मार्गप्रशस्त गर्दै तत्काल प्रवेश परीक्षा मिति तोकी प्रक्रिया अघि बढाउन हामी चेतावनीपूर्ण आग्रह गर्दछौँ। अन्यथा अब धैर्य र जिम्मेवारीबोधलाई नेविसंघको कमजोरी नठानियोस्।’

नेविसंघले परीक्षा सञ्चालन नगर्ने हो भने आन्दोलनको सामना गर्न तत्पर रहन पनि चेतावनी दिएको छ। साथै संघले अन्योलमा रहेका विद्यार्थी तथा तिनका अभिभावकलाई यथाशीघ्र यो समस्या समाधानका लागि प्रयत्न जारी राखेको अवगत गराएको छ। संघले प्राविधिक उच्च शिक्षा अध्ययनको सुनिश्चितता देशभित्रै गर्ने बाचा गरेको छ।

प्रकाशित: ८ असोज २०८० ११:३८ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast