कपनको खहरेमा कल्भर्ट निर्माणमा अवरोध नगर्न उच्च अदालतको अन्तरिम आदेश

हिमाल प्रेस ३ असोज २०८० १९:४२ | Wednesday, September 20, 2023
कपनको खहरेमा कल्भर्ट निर्माणमा अवरोध नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ- उच्च अदालत पाटनले कपनको खहरेमा ‘बक्स कलभर्ट’ निर्माणमा अवरोध नगर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ। पाटन उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र अमृतबहादुर बस्नेतको संयुक्त इजालसले उक्त आदेश जारी गरेको हो।

संघीय सरकारले निर्माण गरिरहेको बक्स कलभर्ट भत्काउने गरी गत महिना महानगरको टोली खहरे पुगेको थियो। महानगरको उक्त कदमविरुद्ध स्थानीयले अदालतमा रिट हालेका थिए । अन्तरिम आदेशमा देश संघीयतामा गएको र त्यसमा एक सरकारले गरेको काममा अर्को सरकारले उचित आधार र कारण बिना हस्तक्षेप गर्ने कार्यलाई वाञ्छनीय मान्न नमिल्ने भनिएको छ।

उच्चले स्थानीयले गरेको निवेदनको टुंगो नलागेसम्म महागरलाई संघीय सरकारबाट विनियोजन भइ ठेक्का सम्झौता समेत भएर हाल निर्माण कार्य भइरहेको ‘बक्स कलभर्ट’ निर्माण कार्यमा हस्तक्षेप र अवरोध नगर्न भनेको छ।

प्रकाशित: ३ असोज २०८० १९:४२ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast