युनाइटेड एकता इन्जिनियरिङद्वारा ‘जन्तो’का उत्पादन सार्वजनिक

हिमाल प्रेस ३ असोज २०८० १८:००
युनाइटेड एकता इन्जिनियरिङद्वारा ‘जन्तो’का उत्पादन सार्वजनिक

काठमाडौँ- भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा ‘जन्तो’का उत्पादन सार्वजनिक गरेको छ। जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनरवेयरलगायत सामग्री कम्पनीले सार्वजनिक गरेको हो।

युनाइटेड र युकुक ब्राण्डका विभिन्न सामग्री प्रदर्शनमा राखेरै सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ। ‘नेपाली भान्सामा जन्तोका उत्पादनहरूले उच्च स्थान पाउनुका साथै भान्साका कामलाई सहज र अत्याधुनिक तवरबाट गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको कम्पनीका अध्यक्ष नावेद अस्रफले बताए।

उक्त सामग्री सार्वजनिक गर्न आयोजित कार्यक्रममा डिलरहरूलाई सम्मान तथा रिटेलरहरूलाईसर्पाइज कोसेली दिइएको थियो।

प्रकाशित: ३ असोज २०८० १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =