एनसेलले मनायो विभिन्न सहरमा तीज

हिमाल प्रेस ३ असोज २०८० १७:१२ | Wednesday, September 20, 2023
एनसेलले मनायो विभिन्न सहरमा तीज

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरमा सांगीतिक कार्यक्रमको आयोजना गरी तीज मनाएको छ। तीज कार्यक्रम कम्पनीको १८औँ वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिमका साथ आयोजना गरिएको थियो।

एनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार एनसेलले सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो। सहभागीले सांगीतिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानीय कलाकारको प्रस्तुतिमा नाचगान गर्दै मनोरञ्जन लिएका थिए।

सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो। स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधा लिन सक्ने व्यवस्था रहेको थियो।

प्रकाशित: ३ असोज २०८० १७:१२ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast