ग्लोबल आइएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

हिमाल प्रेस ३ असोज २०८० १५:१५ | Wednesday, September 20, 2023
ग्लोबल आइएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौँ- ग्लोबल आइएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मीलाई बढुवा गरेको हो।

करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। उनी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए।

रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन्।

प्रकाशित: ३ असोज २०८० १५:१५ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast