हिमालयन इन्टरनेसनल एक्सपाे असोज अन्तिम साता

हिमाल प्रेस ३ असोज २०८० १२:४८ | Wednesday, September 20, 2023
हिमालयन इन्टरनेसनल एक्सपाे असोज अन्तिम साता

काठमाडौँ- दोस्रो हिमालयन इन्टरनेसनल एक्सपो, २०८० असोज अन्तिम साता भृकुटीमण्डपमा हुने भएको छ।

एक्सपोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ। एक्सपोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायत प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, मौलिक परिकार तथा अन्य सामग्री रहने संयोजक कपिल अधिकारीले जानकारी गराए।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, ढाका, करुवा, खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री, महबाट बनेका सौन्दर्य सामग्री, प्राकृतिक औषधि, मसला, छोपलगायत रहनेछन्।

यसका साथै पस्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्ड मेड पेपर, पेपर प्याकेजलगायत वस्तुको स्टल रहने आयोजकको भनाइ छ।

प्रकाशित: ३ असोज २०८० १२:४८ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast