इलामको कुटीडाँडानजिक कार दुर्घटना हुँदा पाँच घाइते

हिमाल प्रेस २ असोज २०८० ९:१४ | Tuesday, September 19, 2023
इलामको कुटीडाँडानजिक कार दुर्घटना हुँदा पाँच घाइते

काठमाडौँ- इलामको कन्याम पुगेर फर्किँदै गरेको कार कुटीडाँडानजिक दुर्घटना हुँदा कम्तीमा पाँच जना घाइते भएका छन्।

रोङ गाउँपालिका–३ कुटीडाँडानजिकै सोमबार साँझ उक्त कार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त दुर्घटनामा घाइते हुने पाँच जनाको पहिचान खुलेको छ।

ट्राफिक प्रहरीले भने अर्का एक जना पनि घाइते भएका जनाएको छ। उनको नाम भने खुलेको छैन।

झापातर्फ आउँदै गरेको बी।ए।ए। १६९२ नम्बरको सुजुकी कम्पनीको ग्राण्ड भिटारा कार हिलउड रिसोर्ट छेउको गोलाइमा अनियन्त्रित भई करिब ३ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताए।

दुर्घटनामा घाइते भएकाहरूमा झापा शिवसताक्षी नगरपालिका–११ का ३५ वर्षीय मनोज राई, विराटनगर महानगरपालिका– ७ का ५२ वर्षीय सचिन पोखरेल, सोही ठाउँका २४ वर्षीय अर्जुन महरा र ५७ वर्षीय राजकुमार पौडेल रहेका छन्।

उनीहरूलाई उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइते भएका केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित: २ असोज २०८० ९:१४ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast