आइएमई पेको एकको डबल अफर

हिमाल प्रेस ३१ भदौ २०८० १६:४८ | Sunday, September 17, 2023
आइएमई पेको एकको डबल अफर

काठमाडौँ-  डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सञ्चालन हुने अल्टिमा अनलाइन मेलामा  एकको डबल अफर सार्वजनिक गरेको छ।

अल्टिमा अनलाइन मेलामा बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ६ बजे देखि राति ८ बजेसम्म  एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० इयरबड खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ।  साथै अन्य अल्टिमाका ग्याजेटमा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइँसम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेका  सीईओ प्रविन रेग्मीले दिएका छन्।  

प्रकाशित: ३१ भदौ २०८० १६:४८ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast