करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासडरमा केकी अधिकारी

हिमाल प्रेस २९ भदौ २०८० १५:५७ | Friday, September 15, 2023
करेन्ट नुडल्सको ब्राण्ड एम्ब्यासडरमा केकी अधिकारी

काठमाडौँ- नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासडरकोरूपमा नियुक्त गरेको छ। अधिकारीले यशोदा फुड्सको उत्पादन– करेन्ट नुडल्स् र स्न्याक्सको प्रवद्र्धन गर्नेछिन्।

यशोदा फुड्स प्रालिले सन् २०१७ मेदेखि व्यवसायको थालनी गरेको थियो। सुरुवाती दिनमा लाली र करेन्ट ब्रान्डअन्र्तगतका तयारी चाउचाउ बजारमा पठाएको थियो। कम्पनीले अहिले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २ बाई स्पाइसी, करेन्ट हट एण्ड लेमन स्पाइसी, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ।

त्यस्तै करेन्ट, लालीलगायतका चाउचाउ पनि उत्पादन भइरहेका छन्। यशोदाले करेन्ट चिजबल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखनालगायत उत्पादन गरिरहेको छ।

प्रकाशित: २९ भदौ २०८० १५:५७ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast