द कोकाकोला फाउन्डेसनको माइती नेपालसँग सहकार्य

हिमाल प्रेस २९ भदौ २०८० १२:३५ | Friday, September 15, 2023
द कोकाकोला फाउन्डेसनको माइती नेपालसँग सहकार्य

मकवानपुर- एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनमार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तीकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोकाकोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुरमा उक्त कार्यक्रमको उद्घाटन गरे। कार्यक्रमलाई सामूहिक प्रयासबाट सशक्तीकरण, करुणा र दिगो प्रगतिको प्रतीकको रूपमा हेरिएको छ।

यस परियोजनाअन्तर्गत ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूको सशक्तीकरणका लागि तालिम केन्द्र स्थापना गरिने छ। परियोजनाको लक्ष्य ३० जना व्यक्तिका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ।

तालिम पश्चात् यस संस्थाले सहभागीहरुलाई स्टार्टअप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग समन्वय गराउनेछ। दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसर प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना एकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ। साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय सरकारसँग समन्वय गरी बैंकबाट कृषि ऋणलगायत आर्थिक सहयोग पनि उपलब्ध गराउने छ।

प्रकाशित: २९ भदौ २०८० १२:३५ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast