क्यानको अधिवेशन मिति तोकियो

हिमाल प्रेस २८ भदौ २०८० १५:१० | Thursday, September 14, 2023
क्यानको अधिवेशन मिति तोकियो

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने तय भएको छ। क्यानले बिहीबार एक सूचना जारी गर्दै अधिवशेनको जानकारी दिएको हो। अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुनेछ।

यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ। अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरूले भाग लिन पाउने छन्।

केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरू भइसकेको छ। क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले नै दोहोरिने संकेत देखिएको छ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का सचिवमा उठ्ने तयारी गरेका छन्। कोषाध्यक्ष रोशनकुमार सिंहले पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन्।

प्रकाशित: २८ भदौ २०८० १५:१० | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast