टेकुमा रोयल इन्फिल्डकाे शोरुम सञ्चालन

हिमाल प्रेस २७ भदौ २०८० १२:४०
टेकुमा रोयल इन्फिल्डकाे शोरुम सञ्चालन

काठमाडौँ– नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको अधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले टेकुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै दुई शोरुम यसअघि नै सुरु गरेको थियाे। नयाँ शोरुम ‘वाइकर्स होमको’ अवधारणामा निर्माण गरिएको छ।

शोरुममा बाइक, राइडिङ गियर, एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्रीपछिका सेवाको व्यवस्था गरिएको छ। कम्पनीले देशभर १८ वटा शोरुम चलाइरहेको छ भने वीरगञ्ज, विराटनगर र धनगढी छिट्टै सुरु गर्ने जनाएको छ। अल्फा अटोमोटिभ प्रालि त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो। त्रिवेणी ग्रुपले उत्पादनमुलक उद्योग, व्यवसाय, बैंकिङ, बिमा, एवं सर्भिस सेक्टरमा कार्य गरिरहेको छ।

प्रकाशित: २७ भदौ २०८० १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =