महोत्तरीमा झडप : चार जना प्रहरी घाइते, नेहा र निहारिका पक्राउ

हिमाल प्रेस २९ मंसिर २०७९ १७:०६ | Thursday, December 15, 2022
महोत्तरीमा झडप : चार जना प्रहरी घाइते, नेहा र निहारिका पक्राउ

काठमाडौँ- महोत्तरीको रामगोपालपुरमा प्रहरी र स्थानीय आन्दोलनकारीबीच झडप भएको छ। डाक्टर पंकज चौधरीले दाइजोको निहुँमा आफ्नै श्रीमती नेहा चौधरीमाथि कुटपिट गरेपछि स्थानीय आन्दोलित छन्।

नेहा र निहारीकाले पंकजकी आमा, बहिनीसहित आरोपितलाई पक्राउ गर्नुपर्ने माग राखेर आन्दोलन जारी राखेका छन्। नेहा, निहारिकाका समर्थकले ढुंगामुढा गर्दै सडक अवरुद्ध गरेपछि प्रहरीले उनीहरूलाई हटाउने प्रयास गरेको थियो।

महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार हुलदंगा बढेपछि नियन्त्रणको प्रयास गर्दा स्थानीले प्रहरीमाथि नै ढुंगा हानेका थिए। ढुंगा प्रहारबाट चार जना प्रहरी घाइते भएका छन्।

यसअघि मंगलबार नेहाका श्रीमान डा. पंकज चौधरीलाई प्रहरीले दाइजो र घरेलु हिंसा मुद्दामा पक्राउ गरिसकेको छ।

प्रकाशित: २९ मंसिर २०७९ १७:०६ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast