टेम्पोमाथि रूख ढल्दा दुई जनाको मृत्यु

हिमाल प्रेस ५ वैशाख २०८३ २०:१५ | Saturday, April 18, 2026
22
SHARES
टेम्पोमाथि रूख ढल्दा दुई जनाको मृत्यु

काठमाडौँ- महोत्तरीको प्रकौलीस्थित सैनिक ब्यारेकनजिक रूखमा च्यापिएर दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जलेश्वरबाट जनकपुरधामतर्फ आउँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि शनिबार साँझ रूख ढल्दा टेम्पोमा सवार दुई जना यात्रुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले सैनिक ब्यारेकनजिक गुडीरहेको टेम्पोमाथि रूख ढलेको जानकारी दिए। उनले हावाहुरीका कारण रूख ढलेको बताए।

टेम्पोमा चालकसहित ६ जना सवार रहेकोमा दुई जनाको मृत्यु भएको र अन्य चार जना घाइते भएको उनले जानकारी दिए। डीएसपी भट्टले मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताए।

घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।

प्रकाशित: ५ वैशाख २०८३ २०:१५ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast