प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा हावाहुरीले रुख ढल्दा ट्याम्पोमा च्यापिएर मृत्यु भएका दुवै यात्रुको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार, दुर्घटनामा मृत्यु हुनेहरू जनकपुरधाम २० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका ३ का ३३ वर्षीय राहुल मलिक रहेका छन्। पहिचान खुलेपछि दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।
दुर्घटनामा ट्याम्पो चालक महोत्तरीको जलेश्वर नगरपालिका ११ का ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा ३ की ५३ वर्षीया फेकनीदेवी मलिक, जनकपुरधाम १२ का १७ वर्षीय धिरज मलिक र जनकपुरधाम २० की १४ वर्षीया रिया पण्डित रहेका छन्।
हरेन्द्र, फेकनी र रियाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने धिरजको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



