सिप्रदी अटो पार्टस्‌काे रिटेलर्स मिट र टाटा गुरु सम्मान

हिमाल प्रेस २४ भदौ २०८० १५:३९
सिप्रदी अटो पार्टस्‌काे रिटेलर्स मिट र टाटा गुरु सम्मान

काठमाडौँ- टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम गरेको छ।

‘टाटालाई टाटा नै सही’ भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपाली अटोमोबाइल क्षेत्रमा नम्बर एक कम्पनी भएको बताए। उक्त अवसरमा श्रेष्ठले सबै रिटेलर्स, मेकानिक्स र ग्राहकलाई साथमा लिएर अगाडि बढ्ने बताए।

सिप्रदीको आधुनिक प्रविधिको तालिम लिएका प्राविधिकलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। कार्यक्रममा खुद्रा बिक्रेताको वित्तीय व्यवस्थापनको लागि सिप्रदीले नबिल बैंकसँग सम्झौता गरेको बताइएको थियो। कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरूलाई विभिन्न उपहारसमेत प्रदान गरिएको थियो। टाटा बफादारी कार्यक्रमअन्तर्गत ‘टाटा गुरु’ दीपक महर्जनले डियो स्कुटर उपहार पाए। त्यसका साथै आइफोन–१४ प्रो दुई जनाले र एलईडी टेलिभिजन दुई जनाले प्राप्त गरे।

 

प्रकाशित: २४ भदौ २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =