सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट

हिमाल प्रेस १४ भदौ २०८० १६:२६ | Thursday, August 31, 2023
सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट

सर्लाही- सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन्। हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन्।

ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको बताइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।

यसरी ल्याइएको बजेट असार मसान्तभित्र गाउँ वा नगरसभाबाट पारित गर्नुपर्छ। हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए।

चन्द्रनगर र बसबरिया गाउँपालिकाका बहुमत कार्यपालिका सदस्य आन्दोलनमा छन्। हरिवन नगरपालिकामा पनि दलीय सहमति जुट्न नसक्दा नयाँ बजेट आउन सकेको छैन।

प्रकाशित: १४ भदौ २०८० १६:२६ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast