सिटी एक्सप्रेस जापानले सुरु गर्‍यो मोबाइल रेमिट्यान्स सेवा

हिमाल प्रेस १४ भदौ २०८० १४:५२
4
SHARES
सिटी एक्सप्रेस जापानले सुरु गर्‍यो मोबाइल रेमिट्यान्स सेवा

काठमाडौँ- सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोबाइल एप्लिकेसन ‘सिटी मोबाइल वालेट’ सेवा सुरु गरेको हो।

उक्त एप्लिसकेसन गुगल एप्सबाट डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गर्नुपर्नेछ। ‘सिटी मोबाइल वालेट’ एप्लिकेसनमार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ।

वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने कम्पनीले जानकारी दिएको छ। सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफू अनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता उक्त एप्लिकेसनमा रहेको कम्पनीको भनाइ छ।

नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ। मोबाइल एप्लिकेसन डाउनलोड गरेर रजिष्ट्रर पुरा हुगरेपछि हुनसाथ नयाँ सदस्यले ५ सय पोइन्ट रिवार्ड पाउने व्यवस्था पनि गरिएको छ।

साथै साथीहरुले नयाँ सदस्य बन्नका लागि सिफारिस गरेकामा थप ५०० रिवार्ड थपिने कम्पनीले जानकारी दिएको छ। यस्तै हेरेक पटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिनेछ।

सिटी एक्सेप्रेसको मोबाइल रेमिट सेवामार्फत ग्राहकलाई अझै सहजता थपिएको सिटी एक्सप्रेस जपानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठले बताए।

नेपालमा स्थापना भएको यस कम्पनीले जपान, कोरिया,मलेसिया तथा मध्यपुर्वि एसियाका देशहरू कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेवियालगायत देशहरूबाट समेत आफ्नो सेवा दिइरहेको उनले बताए।

यस्तै युरोपका देशहरू र संयुक्त राज्य अमेरिकासँग रेमिट्यान्स कारोबारका लागि लाइसेन्स लिने प्रकृया अगाडी बढेको श्रेष्ठले बताए। सिटी एक्स्प्रेस मनी ट्रान्सफरले जापानमा विगत १३ वर्षदेखि आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: १४ भदौ २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =