श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

हिमाल प्रेस १३ भदौ २०८० १८:०५ | Wednesday, August 30, 2023
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौँ- श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैकिङ नियुक्त गरिएको छ। त्यसका लागि दुई कम्पनीबीच सम्झौता गरिएको छ।

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको जारी पूँजीको १३ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्य दरको १३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ।

सम्झौतापत्रमा श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक सतीसचन्द श्रेष्ठ र बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १३ भदौ २०८० १८:०५ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast