काठमाडौँ महानगर दिवसमा सेनाको स्वास्थ्य शिविर

हिमाल प्रेस २८ मंसिर २०७९ १४:५४ | Wednesday, December 14, 2022
काठमाडौँ महानगर दिवसमा सेनाको स्वास्थ्य शिविर

काठमाडौँ- काठमाडौँ महानगरपालिका दिवसका अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। महानगरको २८ औँ दिवसका अवसरमा बुधबार जंगी अड्‍डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेलमैदानमा शिविर आयोजना गरिएको हो।

दुईदिने उक्त शिविरको उद्घाटन महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानसेनापति महारथी प्रभुराम शर्माले संयुक्त रुपमा गरेका थिए। बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म नाम दर्ता गर्न सकिने सेनाले जनाएको छ

स्वास्थ्य शिविरमा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत, नेपाली सेनाका रथीवृन्द, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो।

शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाँटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखासम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्सरे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, ईसीजी तथा ब्लड सुगर जाँचलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइने सेनाको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ मंसिर २०७९ १४:५४ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast