फ्रान्स, यूएई र कुवेतका लागि नेपाली राजदूत नियुक्त

हिमाल प्रेस ११ भदौ २०८० १९:०५ | Monday, August 28, 2023
फ्रान्स, यूएई र कुवेतका लागि नेपाली राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका राजदूतहरू नियुक्त गरेका छन्।

सोमबार सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि लोकबहादुर थापालाई न्युयोर्कको स्थायी प्रतिनिधिमा नियुक्त गरिएको थियो। उनले शपथ पनि लिइसकेर उनी बुधबार त्यसतर्फ जाँदैछन्। अन्यले पनि शपथ लिएर जानेछन्। थाइल्याण्ड र स्विजरल्याण्डबाट अग्रिमा आउन बाँकी भएकाले उनीहरूको नियुक्ति भएको छैन।

उनीहरूको अग्रिमा आएपछि नियुक्त हुनेछ। स्विजरल्याण्डमा स्थायी नियोगका लागि मात्र भएको भए उनलाई सहमति आवश्यक थिएन। तर स्विजरल्याण्डको पनि राजदूत हुनाले उनको सहमति आवश्यक परेको हो। थाइल्याण्डमा भने कहिलेकाहीँ समय लाग्छ।

अग्रिमा आउन ६ महिनासम्म लाग्न पनि सक्छ। तर त्यो विरलै हुन्छ। अधिकांशको तीन महिनाभित्र आउँछ।

प्रकाशित: ११ भदौ २०८० १९:०५ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast