सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी आज

हिमाल प्रेस १० भदौ २०८० ७:५७ | Sunday, August 27, 2023
सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी आज फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी आज (आइतबार) तोकिएको छ। यसअघि पटकपटक सर्दै आएको पेसी काठमाडौँ जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको हो।

यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन मसान्तमा तोकिएको थियो। तर उक्त दिन पीडित किशोरीकी आमाको जन्ममिति फरकफरक परेको भन्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीको आमाको जन्ममिति प्रमाणित गर्न आदेश दिएको थियो।

१८ वर्षभन्दा कम उमेरकी किशोरीसँग करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियाे। लामिछाने बुधबारदेखि हुने एसिया कप क्रिकेटका लागि नेपाली टिममा समावेश छन्।

महिलामाथि अपराध गर्नेको कत्रो इज्जत!

प्रकाशित: १० भदौ २०८० ७:५७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast