सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिमाल प्रेस ४ भदौ २०८० २१:२४ | Monday, August 21, 2023
सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध तस्बिर : सुपरभाइजर ईश्वर क्षेत्री/सडक डिभिजन कार्यालय भरतपुर

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत नाम्सी पुल नजिकै सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ मा आज (सोमबार) राति ८ बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारीसाधन रोकिएका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने मेसिन सो स्थानमा पुगिसकेको छ। माथिबाट ढुंगा खस्ने क्रम नराेकिएकाले पहिरो पन्छाउने कार्यमा समस्या भइरहेकाे कार्यालयको भनाइ छ।

प्रकाशित: ४ भदौ २०८० २१:२४ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast