काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रूपमा गोरु काट्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ।
सामाजिक सद्भाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको राप्रपाले विज्ञप्तिमार्फत जनाएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले हस्ताक्षरित विज्ञप्तिमा धार्मिक सद्भाव र एकतामा आँच आउने काम गर्न नदिन सरकार बन्न ध्यानाकर्षण गराइएको छ।
प्रकाशित: १ भदौ २०८० ९:००
प्रतिक्रिया