पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

हिमाल प्रेस ३१ साउन २०८० १६:४०
6
SHARES
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी फाइल तस्बिर।

लेखनाथ- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन्। नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई सम्बोधन गर्दै बुधबार आचार्यले उक्त अभियान सुरु गरेको बताएका हुन्।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरिएकाे पनि उनले बताए। ‘नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ,’ उनले भने।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि संघ सरकारलाई केही समय कुर्ने र आग्रह गरिने यदि बेवास्ता गरे प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने  बताएकाे प्रमुख आचार्यकाे भनाइ थियाे।

पर्यटकीय रूपमा सुन्दर पोखरालाई पर्यटन राजधानी घोषणासँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न भारतीय सरकार र नेपालका एयरलाइन्स कम्पनीसँग छलफल गरी अन्तर्राष्ट्रिय उडानलाई नियमितता दिनतर्फ तीनै तहका सरकार र यहाँका पर्यटन व्यवसायी लाग्नुपर्नेमा उनको जोड छ।

पर्यटकीय राजधानी घोषणासँगै यहाँका होटेलको स्तरोन्नति गर्नुपर्नेमा आचार्यको जोड छ। पर्यटकलाई चाहिने पाँच तारेदेखि साना होटल घरजस्तो नभइ होटलजस्तो बनाउनुपर्नेमा उनले आग्रह गरे।

पर्यटकको बसाईं लम्ब्याउन पनि यहाँका पर्यटन व्यवसायीले यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी भएको भनाइ उनले बताए। पर्वतारोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटक एक्लै नभइ ‘गाइड’को सहायतामा पर्वतारोहण र ट्रेकिङ गर्न अनिवार्य बनाइनुपर्ने उनले बताए।

संस्थाका सल्लाहकार टीकाराम सापकोटाले पर्वतारोहण गर्ने पर्यटकलाई त्यस क्षेत्रका बारेमा बुझाउन नसक्दा उनीहरू गाइड बिना नै पदयात्रा गर्दा हिमाली क्षेत्रमा पर्यटक हराउनुका साथै मृत्युसमेत हुने गरेको बताए।्उ

नेपाल पर्वतारोहण संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्यटकलाई सहज रूपमा घुम्ने वातावरण बनाए उनीहरूले आफ्नो बसाईं थप लम्ब्याउनुका साथै अर्को पटकसमेत घुम्न आउन सक्ने बताए।

संघका प्रदेश अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्वतारोहणको क्षेत्रमा कलम चलाउने पोखराका पत्रकार दीपक परियारलाई सम्मान गरिएको हो। साथै अधिवेशनबाट नयाँ कार्यसमिति पनि चयन गरिनेछ। रासस

प्रकाशित: ३१ साउन २०८० १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast