तनहुँ– तनहुँबाट १ वर्ष अवधिमा २१ नागरिक हराएका छन्। सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो। हराएका २ सय ८८ जनामध्ये २ सय ६७ जना खोज तलासको क्रममा फेला पारेर परिवार सदस्यलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।
बेखबर नागरिकको खोजी जारी रहेको तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज खड्काले बताए। बेपत्ता हुने अधिकांश महिला रहेको पनि उनले जानकारी दिए।
प्रकाशित: २६ मंसिर २०७९ २०:५९ | Monday, December 12, 2022
प्रतिक्रिया



