उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

हिमाल प्रेस १८ साउन २०८० १७:५१
उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन्। नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपूर्तिका लागि पहल गर्ने स्पष्ट पारे।

करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उनले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्रथमिकता दिन आग्रह गरे।

निरीक्षणका क्रममा उनले केही वर्षदेखि विकास निर्माणमा समेत प्रयोग हुने विस्फोटक पदार्थको उत्पादन कच्चा पदार्थको अभावमा रोकिए पनि त्यसलाई खुलाउन सरकारले चाँडै पहल गर्ने समेत जानकारी दिए।

नेपाली सेनाका लागि हातहतियार तथा विस्फोटक पदार्थ उत्पादन गर्ने स्वयम्भू बारुदखानाको क्षमता बढाउन आवश्यक भएको भन्दै उनले नीतिगत निर्णयका लागि सरकार सधैं सकारात्मक रहेको स्पष्ट पारे।

सो अवसरमा उपप्रधामन्त्री खड्काले बारुदखानाको ल्याव तथा उत्पादनस्थल निरीक्षण गर्नुका साथै सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए। निरीक्षणका क्रममा उपप्रधानमन्त्री खड्कासहित प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मासहित उच्च सैनिक अधिकारीको समेत सहभागिता थियो।

प्रकाशित: १८ साउन २०८० १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast