चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार

हिमाल प्रेस १ कार्तिक २०८३ ८:२६ | Sunday, October 18, 2026
चितवनमा ३० करोडभन्दा बढी खसीको व्यापार

चितवन– बडादशैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन्। यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ।

दशैँको सुरुआतसँगै जिल्लामा खसी, बोकाको मासुको व्यापार वढेको छ। मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दशैँमा मात्र व्यावसायिक रुपमा १५ हजार बढी खसी काटिने छ। अध्यक्ष कँडेलका अनुसार दशैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ।

जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन्। अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उहाँले जानकारी दिनुभयो। यो तथ्याङ्कमा दशैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन।

TVS Nepal
Global ime bank
TATA Loconav
गत वर्षको दशैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो। यस पटक बिक्री बढ्ने देखिएको उहाँले बताउनुभयो। १५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उहाँले बताउनुभयो। कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ।

विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दशैँमा भारतीय खसीबोका आयात गरेका छैनन्। चितवनमा सञ्चालनमा आएका सहकारीहरुले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताउनुभयो। उहाँका अनुसार यसपटक चितवनका खसीहरु कठमाडौँ पठाइएको छ। चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरुबाट खसी आउने गरेको उहाँले जानकारी दिए।

जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ। तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ।

कुखुराको मासु भने खासै दशैँमा बिक्री नहुने उनको भनाइ छ। उनका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा दशैँका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ।

पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ। यस वर्षको दशैँमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उनले बताए।

जसका कारण व्यापार वढ्ने आकलन छ। यस अघिका दशैँमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उनको भनाइ छ।

प्रकाशित: १ कार्तिक २०८३ ८:२६ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast