सामसङ टीभीमा ३ वर्षको वारेन्टी दिने घोषणा

हिमाल प्रेस १५ साउन २०८० १९:१३ | Monday, July 31, 2023
सामसङ टीभीमा ३ वर्षको वारेन्टी दिने घोषणा

काठमाडौँ- सामसङ कम्पनीले आफ्ना टीभी खरिद गर्ने ग्राहकलाई टीभीमा ३ वर्षको वारेन्टी दिने घोषणा गरेको छ। गुणस्तरीय उत्पादन बिक्री गर्ने प्रतिबद्धताअनुसार उक्त घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ।

‘ग्लोबल नम्बर १ टीभी ब्रान्डको रूपमा १७ वर्षदेखि आफ्नो स्थान कायम राखेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो वर्ष सामसङ नेपालले सामसङ टीभीहरूमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ।’

उक्त वारेन्टी यस वर्षभित्र सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टि, ए, बि र सी–सिरिज टिभी सेटहरूमा लागू हुने कम्पनीको भनाइ छ। सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोककुमार गुप्ताले गुणस्तरीय सामान भएका कारण तीन वर्षको वारेन्टी घोषणा गरिएको बताए।

अफरले टीभी ग्राहकलाई ढुक्क बनाउने अपेक्षा रहेको उनको भनाइ छ। अफर २०२३ अगसट १ देखि डिसेम्बर ३० तारिखसम्म खरिद गरेका टिभीमा लागू हुनेछ। कम्पनीका ३२ इन्चदेखि ८५ इन्चसम्मका टीभीमा मात्रै अफर लागू हुनेछ।

प्रकाशित: १५ साउन २०८० १९:१३ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast