४५ हजार घूस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १५ साउन २०८० १७:१६ | Monday, July 31, 2023
४५ हजार घूस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर (सेवा करार) अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

इन्जिनियर यादवले कोटहीमाई गाउँपालिका-७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राबेल गर्ने कामको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घूस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।

यसबारे उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा असार २० गते नियन्त्रणमा लिएको थियो।

इन्जिनियर यादवले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) को कसुर भएको ठहर गर्दै अख्तियारले यादवलाई बिगो ४५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिबाना र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ।

प्रकाशित: १५ साउन २०८० १७:१६ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast