माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय कमिटीको एजेन्डा तय गरिने

हिमाल प्रेस १५ साउन २०८० ८:३७ | Monday, July 31, 2023
माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय कमिटीको एजेन्डा तय गरिने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा बैठक बस्ने भएको हो।

बिहान ८ बजेबाट बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ। आइतबार साँझ बस्ने भनिएको बैठक नेताहरूको तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो।

पार्टीको विधान अधिवेशनलगायत विषयमा निर्णय गर्नका लागि माओवादीको केन्द्रीय कमिटी बैठक बुधबारबाट सुरु हुँदै छ।

प्रकाशित: १५ साउन २०८० ८:३७ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast