काठमाडौँ- जनकपुरको जानकी मन्दिर परिसरमा अश्लील टिकटक बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
मन्दिरको विवाहमण्डप परिसरभित्र युवतीसँग अश्लील कार्य गर्दै टिकटक बनाएको आरोपमा १८ वर्षीय युवक अनिरुद्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।
धनुषाको औरही गाउँपालिकाका यादवले युवतीसँग अश्लील गतिविधि गर्दै टिकटक बनाएर पोस्ट गरेका थिए। उनको टिकटकलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपछि प्रहरीले उनको खोजी गरेको हो।
प्रकाशित: १२ साउन २०८० १५:४३ | Friday, July 28, 2023
प्रतिक्रिया





