एक वर्षमा हराएका ३४६ मोबाइल फिर्ता

हिमाल प्रेस ९ साउन २०८० २०:५० | Tuesday, July 25, 2023
एक वर्षमा हराएका ३४६ मोबाइल फिर्ता

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका ३४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ। मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ। पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझाइएको उनले जानकारी दिए।

साउन महिना लागेपछि मात्रै २१ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ। चोरी भएका मोबाइल भने मुद्दा दर्ता गरेर चोरी गर्ने व्यक्तिलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ।

प्रकाशित: ९ साउन २०८० २०:५० | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast