काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको विकल्प अरू हुन नसक्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध कांग्रेस हुनु रहेको बताए।
उनले आफूले आयोजना गरेको चियापान समारोह काँग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए।
उनले भने,‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली काँग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ। हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो।’ नेता कोइरालाले नेपाली कांग्रेस एक हुनसके कसैले हराउन नसक्ने बताए।
                            प्रकाशित: ९ साउन  २०८० १२:११ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

