आन्तरिक पर्यटकको रोजाइमा टोखाको झरना

हिमाल प्रेस ७ साउन २०८० ९:५८ | Sunday, July 23, 2023
आन्तरिक पर्यटकको रोजाइमा टोखाको झरना

काठमाडौँ– धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ।

टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो।

शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौं भक्तजनले मेला अवलोकन गरेको वडा १ का वडाध्यक्ष रमेश लामिछानेले जानकारी दिए।

पछिल्लो समय टोखा नगरपालिका-१ वौडेश्वर झरना तथा मन्दिरमा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

वौडेश्वर मन्दिर क्षेत्रको विकासका लागि टोखा नगरपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको छ।

वौडेश्वर संरक्षण समितिले वौडेश्वर मन्दिर तथा झरनामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि मन्दिरसम्म जाने सिँढी निर्माण गर्ने, भक्तजनलाई सहज दर्शनको व्यवस्थाको वातावरण बनाउनेलगायतको काम गरिरहेको छ।

टोखामा वौडेश्वरसहित सपनतीर्थ, चण्डेश्वरीलगायतका महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर रहेका छन् भने टोखा बजारमा नेवार समुदायले विभिन्न जात्रा मनाउँदै आएका छन्।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको सांस्कृतिक संरक्षणका लागि हरेक आर्थिक वर्षमा बजेटसमेत विनियोजन गर्दै आइरहेको जानकारी दिए।

प्रकाशित: ७ साउन २०८० ९:५८ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast