भोलि काठमाडौँ र ललितपुरका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

हिमाल प्रेस ५ साउन २०८० ९:३८ | Friday, July 21, 2023
भोलि काठमाडौँ र ललितपुरका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् भोलि दिउँसो बन्द हुने बताएको छ।

लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ। प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ।’

प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो।

 

प्रकाशित: ५ साउन २०८० ९:३८ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast