काठमाडौँ- जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको छ।
स्थानीय बजरंग चौधरीले सञ्चालन गरेका सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
प्रकाशित: २४ मंसिर २०७९ ७:३२
प्रतिक्रिया