काठमाडौँ- काठमाडौँको सिनामंगलमा बमजस्तै शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित पारेको आशंकामा एक युवक पक्राउ परेका छन्।
प्रहरीले रौतहटका खाजांगी पासवानलाई सिनामंगल क्षेत्रबाटै पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिनामंगल पुलनजिक रहेको खोटाङ हलेसी ज्वेलर्सको सटरअगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो।
यो पनि
प्रकाशित: ३ साउन २०८० १२:४१ | Wednesday, July 19, 2023
प्रतिक्रिया





