सिनामंगलमा शंकास्पद वस्तु फेला

हिमाल प्रेस ३ साउन २०८० ११:२२ | Wednesday, July 19, 2023
सिनामंगलमा शंकास्पद वस्तु फेला फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएको छ।

बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर भइसकेको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।

प्रकाशित: ३ साउन २०८० ११:२२ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast